काठमाडौं, ०६ फागुन २०७८
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चुरोट तथा सुर्तीजन्य पदार्थको लत त्याग्न मद्धत गर्ने नयाँ ‘एप’ सञ्चालनमा ल्याएको छ।
कुईट टोबाको एप नाम दिइएको सो ‘एप’को प्रयोगले धूमपान र धूमपानरहित सुर्तीजन्य पदार्थको लत लागेका व्यक्तिहरुलाई सो लत त्याग्न मद्धत पुग्ने बताइएको छ।
‘सुर्तीजन्य पदार्थ हरेक कुराले घातक छ। व्यक्तिहरुले सुर्तीजन्य पदार्थले गर्ने हानीका बारेमा थाहा पाएर पनि विभिन्न कारणले त्याग्न सकिरहेका छैनन्।
एप सार्वजनिकीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रका निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले भनिन्, यो एपले त्यस्ता व्यक्तिहरुलाई लतबाट छुटकारा दिलाउन मद्धत गर्दछ । त्यसैले यो एप आजबाट शुभारम्भ गरेका छौँ।





