काठमाडौं, २० वैशाख २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत नियुक्त भएका छन्। प्रधानमन्धी पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै स्वास्थ्यमन्त्रीमा बस्नेतलाई नियुक्त गरेका हुन्।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम उनी सहित तीन मन्त्रीहरु नियुक्त गरेका छन्।
मन्त्री बस्नेत सँगै नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन्।