आज मिति : २०८२ माघ १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य मन्त्रालयद्वारा एकै दिन १०१ फार्मेसी अनुगमन, १० वटा फार्मेसीमा सिल

Nam Raj Bhatta by Nam Raj Bhatta
July 25, 2023
in News
A A
0
स्वास्थ्य मन्त्रालयद्वारा एकै दिन १०१ फार्मेसी अनुगमन, १० वटा फार्मेसीमा सिल
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ९ साउन २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौं उपत्यकामा १०१ वटा फार्मेसीको अनुगमन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाएको थियो । फार्मेसीहरुले फर्मासिष्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाईरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पुरा नगरेको र अनुमति नलिएर समेत फार्मेसी चलाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले देश भरि नै फार्मेसीहरुको अनुगमनलाई व्यापकता दिन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए ।

उपत्यकामा गरिएको अनुगमनमा खटाइएका टोलीले नियम विपरित सञ्चालित १० वटा फार्मेसीलाई सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ । मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए । अनुगमन टोलीले सोमबार साझ मन्त्री बस्नेत समक्ष टोलीले गरेको अनुगमन र फार्मेसी सञ्चालनको अवस्थाका बिषयमा जानकारी गराएका छन् । अनुगमन टोलीका संयोजकहरुका अनुसार अर्कै फर्मासिस्टको सर्टिपिकेट राखेर फार्मेसी चलाइरहेकोको संख्या उल्लेखनीय छ ।Anugaman

त्यसैगरि विक्रि बितरण गर्ने अनुमती नै नल्याएर न्युट्रास्युटिकल सामग्री पनि फार्मेसीबाट बिक्री बितरण गर्ने गरेको, म्याद गुज्रिएका औषधिको भण्डार अलग गरेर नराखिएको, दर्ता नै नभएका र सरसफाईमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको छ ।

अनुगमनमा संलग्न डा. हेमन्त ओझाले आफूहरुले निरिक्षणको क्रममा दर्ता नै नगरि फार्मेसी सञ्चालन गरिरहेको पाएपछि सिल गरेको बताए । गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पशल फेला परेपछि दुई वटा सिल नै गरिएको अर्का टोलीका संयोजक सागर दाहालले बताए । छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सोमबार गरिएको व्यापक अनुगमनले सबैको आँखा खोलेको बताउदै यसलाई भविश्यमा पनि व्यापकता दिइने बताए ।Pharmacy

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले अनुगमनबाट उपत्यकामै ठूलो संख्यामा फार्मेसी नियम बिपरित सञ्चालन भइरहेको पाइएकोले अनुगमनलाई निरन्तरता दिन औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई निर्देशन दिए । जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने फार्मेसीलाई तत्काल कारवाही गर्ने र राम्रो तरिकाले चलेका फार्मेसीहरुलाई प्रशंसापत्र दिएर राम्रो काम गर्न प्रोत्साहन गर्न समेत मन्त्री बस्नेतले ढकाललाई सल्लाह दिए ।

औषधि व्यवस्था विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपुर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेहरुलाई औषधि विभागमा पठाउन मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिए । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले देशभरि नै अनुगमन भइरहेको र यसले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गरे।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19department of drug administration
Previous Post

क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण

Next Post

प्यारी छोरीलाई बाबाको चिठी: जन्मदिनको शुभकामना तथा सफलताको कामना ।

Related articles

बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन
News

बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन

7 hours ago
1.6k
बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न
News

बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न

18 hours ago
1.6k
डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न
News

डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न

1 day ago
1.6k
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास
News

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास

3 days ago
1.6k
नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षा १० माघमा हुँदै #Pharmasist
News

नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षा १० माघमा हुँदै #Pharmasist

4 days ago
1.6k
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल
News

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

4 days ago
1.6k
Next Post
प्यारी छोरीलाई बाबाको चिठी: जन्मदिनको शुभकामना तथा सफलताको कामना ।

प्यारी छोरीलाई बाबाको चिठी: जन्मदिनको शुभकामना तथा सफलताको कामना ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,418)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...