10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य मन्त्रालयद्वारा एकै दिन १०१ फार्मेसी अनुगमन, १० वटा फार्मेसीमा सिल

Nam Raj Bhatta by Nam Raj Bhatta
July 25, 2023
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्य मन्त्रालयद्वारा एकै दिन १०१ फार्मेसी अनुगमन, १० वटा फार्मेसीमा सिल
609
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ९ साउन २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौं उपत्यकामा १०१ वटा फार्मेसीको अनुगमन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाएको थियो । फार्मेसीहरुले फर्मासिष्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाईरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पुरा नगरेको र अनुमति नलिएर समेत फार्मेसी चलाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले देश भरि नै फार्मेसीहरुको अनुगमनलाई व्यापकता दिन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए ।

उपत्यकामा गरिएको अनुगमनमा खटाइएका टोलीले नियम विपरित सञ्चालित १० वटा फार्मेसीलाई सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ । मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए । अनुगमन टोलीले सोमबार साझ मन्त्री बस्नेत समक्ष टोलीले गरेको अनुगमन र फार्मेसी सञ्चालनको अवस्थाका बिषयमा जानकारी गराएका छन् । अनुगमन टोलीका संयोजकहरुका अनुसार अर्कै फर्मासिस्टको सर्टिपिकेट राखेर फार्मेसी चलाइरहेकोको संख्या उल्लेखनीय छ ।Anugaman

त्यसैगरि विक्रि बितरण गर्ने अनुमती नै नल्याएर न्युट्रास्युटिकल सामग्री पनि फार्मेसीबाट बिक्री बितरण गर्ने गरेको, म्याद गुज्रिएका औषधिको भण्डार अलग गरेर नराखिएको, दर्ता नै नभएका र सरसफाईमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको छ ।

अनुगमनमा संलग्न डा. हेमन्त ओझाले आफूहरुले निरिक्षणको क्रममा दर्ता नै नगरि फार्मेसी सञ्चालन गरिरहेको पाएपछि सिल गरेको बताए । गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पशल फेला परेपछि दुई वटा सिल नै गरिएको अर्का टोलीका संयोजक सागर दाहालले बताए । छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सोमबार गरिएको व्यापक अनुगमनले सबैको आँखा खोलेको बताउदै यसलाई भविश्यमा पनि व्यापकता दिइने बताए ।Pharmacy

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले अनुगमनबाट उपत्यकामै ठूलो संख्यामा फार्मेसी नियम बिपरित सञ्चालन भइरहेको पाइएकोले अनुगमनलाई निरन्तरता दिन औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई निर्देशन दिए । जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने फार्मेसीलाई तत्काल कारवाही गर्ने र राम्रो तरिकाले चलेका फार्मेसीहरुलाई प्रशंसापत्र दिएर राम्रो काम गर्न प्रोत्साहन गर्न समेत मन्त्री बस्नेतले ढकाललाई सल्लाह दिए ।

औषधि व्यवस्था विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपुर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेहरुलाई औषधि विभागमा पठाउन मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिए । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले देशभरि नै अनुगमन भइरहेको र यसले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गरे।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19department of drug administration
SummarizeShare258ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई

नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई

by Nam Raj Bhatta
February 22, 2026
0

काठमाडौं, १० फागुन २०८२ नेपाल फर्मा एक्स्पो २०८२ का अवसरमा आयोजित क्रिकसल प्रतियोगिताको उपाधि नेपाल फर्मास्युटिकल्स ल्याबले जितेको छ। एसोसिएसन अफ फर्मास्युटिकल प्रोड्युसर्स अफ नेपाल एपोनको मार्केटिङ सर्कलद्वारा...

निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

by Nam Raj Bhatta
February 20, 2026
0

कैलाली, ०८ फागुन २०८२ स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै निसर्ग अस्पतालका डा. चिरञ्जीवी पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। जनरल फिजिसियन तथा पल्मोनरी क्रिटिकल केयर...

उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

by Nam Raj Bhatta
February 20, 2026
0

काठमाडौं, ०८ फागुन २०८२ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले उच्च रक्तचाप (हाइ बीपी) नियन्त्रणका लागि औषधिसँगै सन्तुलित खानपान अनिवार्य रहेको बताएका छन्। उनले वैज्ञानिक रूपमा प्रमाणित...

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

by Nam Raj Bhatta
February 20, 2026
0

कैलाली, ०८ फागुन २०८२ कैलालीको गेटास्थित सञ्चालनमा आएको नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक र उप–प्राध्यापक माग गरेको छ ।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    623 shares
    Share 249 Tweet 156
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    600 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    591 shares
    Share 236 Tweet 148
  • निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

    591 shares
    Share 236 Tweet 148
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    642 shares
    Share 288 Tweet 148

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 
  • नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई
  • बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?
  • निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान
  • उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.