काठमाडौं, १३ कात्तिक २०८०
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले स्वास्थ्य मन्त्रालय द्वारा जारी विज्ञप्तिले आयुर्वेद उपचार प्रति भ्रम छर्ने काम भएको भन्दै यसलाई तत्काल सच्याउन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले ‘केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामी हरूमा लेड (सिसा) विषाक्तता हुन सक्ने’ लगायतका विषयमा जारी प्रेस विज्ञप्तिलाई आयुर्वेद स्वास्थ्यकर्मी समाजले तत्काल सच्याउन माग गरेको हो ।
समाजका अध्यक्ष गोकुल पराजुली द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा वर्षेनी सरकारले आयुर्वेद क्षेत्रमा बजेट घटाउँदै गरेकोमा समेत चिन्ता व्यक्त गरिएको छ
स्वास्थ्यकर्मी समाजले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति लाई ‘भ्रम छर्ने’ बताउँदै यसलाई आयुर्वेद क्षेत्रलाई धराशायी बनाउने षडयन्त्र रहेको समेत आरोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालय द्वारा जारी विज्ञप्ति तत्काल सच्याउन आग्रह गर्दै यस क्षेत्र सँग सम्बन्धित विज्ञप्तिहरू प्रकाशन गर्दा सम्बन्धित विज्ञ र क्षेत्रको सल्लाह लीन समेत आयुर्वेद स्वास्थ्यकर्मी समाजले अपिल गरेको छ ।
नेपालमा करिब ८० प्रतिशत नेपालीले आयुर्वेद औषधोपचार गर्ने गरेको जनाउँदै नेपालीको मौलिक चिकित्सा पद्धति नै आयुर्वेद चिकित्सा रहेको समेत विज्ञप्ति मा उल्लेख छ । औषधि व्यवस्था विभागबाट आयुर्वेद औषधि दर्ता भई बजारी करण गरिएको उल्लेख गर्दै विज्ञप्तिमा यसले गर्दा गुण स्तरीय औषधि मात्र प्रयोगमा आउने गरेको जनाइएको छ ।
चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको सल्लाहमा मात्र आयुर्वेद औषधिहरूको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्तिमा आयुर्वेद औषधिहरूको अधिक सेवन गर्दा पनि त्यसको पार्श्व प्रभाव (साइड इफेक्ट) हुँदैन भन्ने भ्रममा नपर्न समेत भनिएको छ ।
यस्तैगरी स्वास्थ्य संस्थामा गई चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सल्लाहमा मात्र आयुर्वेदिक औषधि सेवन गर्नु समेत विज्ञप्तिमा सर्व साधारण सँग अपिल गरिएको छ।