काठमाडौं, १७ वैशाख २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य प्रणाली थेग्न नसक्ने अवस्था आएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो।
मन्त्रालयले शुक्रबार सर्वसाधारणमा एक अपिल गर्दै अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।
‘विभिन्न जिल्लामा कोरोना संक्रमण फैलेन दर डरलाग्दो गरी बढिरहेको छ। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसकिने भइसकेको छ,’ अपिलमा भनिएको छ।’
काठमाडौं उपत्यकालगायत देशका विभिन्न २२ जिल्ला कोरोना संक्रमणको दोस्रो लहरले नराम्रोसँग प्रभावित भएको मन्त्रालयले जनाएकाे छ।
नेपालमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन जिल्लामा संक्रमण फैलिरहेको छ।
त्यसैगरी, मकवानपुर, काभ्रेपाल्चोक, कास्की, दाङ, बाँके, रूपदेन्ही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण दर फैलिएको छ।
मन्त्रालयले संक्रमण रोकथाममा जनस्वास्थ्य मापदण्ड मास्क लगाउन, भौतिक दुरी कायम र बेला–बेलामा साबुनपानीले हात धुन सर्वसाधारणमा अपिल गरेको छ।
Comments 4