काठमाडौं, ०२ वैशाख २०७८
बालबालिकालाई विद्यालय नपठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेआग्रह गरेको छ।
सुचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने क्षेत्रलाई अविलम्ब बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ।
मन्त्रालयले सचिवस्तरको निर्णय गर्दै भीडभाड हुने कार्यमा सहभागि नहुने अनुरोध गरेको हो।
अहिले कोरोना संक्रमणबाट काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भत्तपुर ,
कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा जिल्ला बढि प्रभावित छन्।
यि जिल्लाका विद्यालय, रात्री व्यवसाय, क्लव, जीम, मन्दिर, सिनेमा हल, सभा, बैठक आदिमा सहभागिता नहुनका लागि मन्त्रालयले अनुरोध गरेको हो।
त्यसैगरी, नियमित रूपमा अस्पतालहरूमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोभिड १९ संक्रमण पुष्टि भएका आधारमै मात्र अन्यअस्पतालहरूमा पठाउने गरेर अनावश्यक दुख दिने काम नगर्ने आग्रह गरेको छ।
सबै सरकारी अस्पतालहरूले कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमितको व्यवस्थापनमा छुटयउनका लागि निर्देशन समेत दिएको छ।

Comments 3