काठमाडौं, १२ चैत्र २०७७
होली पर्वलाई घरमै मनाउन र भीडभाड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले कोरोना जोखिम थप बढ्दै गएको अवस्थामा थप सतर्कता अपाउनुपर्ने बताए।

‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ,’ उनले भने, ‘त्यसैले होली घरमै मनाउन र भीडभाड गर्नुहोला।’
रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ।
उनले अहिले नै सरकारले लकडाउन गर्ने अवस्थामा नरहेको बताए।
‘कोरोना संक्रमणको संख्या बिस्तारै बढ्दै गएको छ। अनावश्यक भीडभाड, माक्स उचित प्रयोग नहुनुले तथा जुलुस तथा कार्यले भएको हो,’ उनले भने, ‘ कोरोना
संक्रमणको संख्यमा कमि आएको हो। तर, जोखिम भने यर्थावत नै छ।’
जनस्वास्थ्यको मापदण्ड पालना नगर्नाले पछिल्लो समयमा संक्रमण बढ्दै गएको उनको भनाई छ।
‘लकडाउन गर्न सरकारको उदेश्य वा चाहना होइन। तर, संक्रमितको संख्या उच्च हुन गएमा सरकारले परिस्थित अनुसार संक्रमणको चक्रलाई रोक्नुपर्ने हुन्छ,’ उनले भने।
(हेल्थ पोष्ट बाट साभार)