Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ सम्म खोप सप्ताह मनाउँदै #HealthMinistry

Nam Raj Bhatta by Nam Raj Bhatta
April 21, 2023
in News
A A
0
Health ministry

Health ministry

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ८ वैशाख २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ ।

मन्त्रालयले वैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागेको हो ।

खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिनुभयो ।

डा. विवेकले सप्ताहमा लगाउन छुटेका सबै बालबालिकाहरुलाई खोप दिइने बताए । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरूमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक डा. लालले बताए ।

यस्तै वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ ।

20230421 132152 scaled

खोप लगाउने छुटेका इँटा भट्टा, कलकारखानालगायत स्थानमा समुदायमा विशेष कार्यक्रम सञ्चालन गर्ने, यही वैशाख मसान्तभित्र सबै वडा, स्वास्थ्य संस्था राष्ट्रिय पूर्ण खोप निर्देशिकाअनुसार घरधुरी सर्वेक्षण, पालिका वडा खोप समन्वय समितिको बैठकलगायत क्रियाकलाप गरी सबै वडा तथा स्थानीय तह पूर्ण खोप सुनिश्चित भएको प्रमाणीकरण गर्ने जनाइएको छ ।

आगामी शैक्षिक सत्रका लागि विद्यालयमा नयाँ भर्ना हुने पाँच वर्षमुनिका सबै बालबालिकाका लागि खोप कार्ड अनुगमन गर्नसमेत सबै विद्यालयमा जानकारी एवं समन्वय गरिने निर्देशक लालले बताए । स्थानीय तह स्तरमा बालबालिकाले पाउने विभिन्न सेवा, सुविधा वितरणमा खोप कार्य अनिवार्य गरिने छ ।

महाशाखा निर्देशक डा. लालले सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयमार्फत खोप सप्ताह सफल बनाउन लागि अनुरोध गरिएको जानकारी दिए ।

खोप छुटेका बच्चाको पहिचान गरी खोप पुरा गराई नियमित खोपको सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितताको लागि वैशाखलाई पूर्ण खोप महिनाको रुपमा मनाउन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए।

डा. गौतमका अनुसार अघिल्ला आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा नियमित खोप कभरेज बढेपनि सबै तहमा एकरुपता, ड्रपआउट अर्थात् आधा मात्रै खोप लगाउनेको सङ्ख्या न्यूनीकरण, खोप खेर जाने सङ्ख्या न्यूनीकरण, विनियोजित क्रियाकलापको प्रभावकारी संचालन हुन जरुरि भएको उनी बताउँछन्।

त्यस्तै परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीले पूर्ण खोपको कार्यान्वयन लागि फरकफरक किसिमले काम गरिरहेको बताए।

‘हामीले अहिले विद्यालय भर्ना कार्यक्रममा खोप कार्ड देखाउनुपर्ने र त्यो भए नभएको अनुगमन गर्ने, सामाजिक सञ्जालहरुमा सूचना तथा सबै जिल्लाहरुमा एफएम, रेडियोबाट सूचना प्रशारण गरिरहेको, समुदायमा अन्तरक्रिया, बच्चाको सुची संकलन लगायतका काम गरिरहेका छौँ,’ भण्डारीले भने।

बालबालिकाहरुले पूर्ण खोप नलगाए कोही पनि सुरक्षित नहुने भएकाले यो अभियान सुरु भएको उनले बताए।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Vaccine save
Nisarga hospital Dhangadhi
Previous Post

डडेल्धुरा अस्पतालको सहयोगमा सिगास गाउँपालिका सवै वडाहरूमा दन्त शिविर सम्पन्न

Next Post

अप्रिल महिना मुख क्यान्सर जनचेतना #OralCancerAwarness

Related articles

सूर्यविनायक नगर अस्पतालले पायो ५० शैयाको अस्पतालको स्वीकृति
News

सूर्यविनायक नगर अस्पतालले पायो ५० शैयाको अस्पतालको स्वीकृति

11 minutes ago
777
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा सुधारमा: ८ प्रकारका रोग लागेका बिरामीले २ लाखको उपचार सुविधा पाउने

23 hours ago
924
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित
News

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

1 day ago
853
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

आयुर्वेद औषधी निर्यात योग्य बनाउने बाटो खुल्यो, जिएमपी संहिता स्वीकृत

2 days ago
787
सुदुरपश्चिम प्रदेश सरकारले भदौबाट बयलपाटा अस्पताल सञ्चालन गर्ने
News

सुदुरपश्चिम प्रदेश सरकारले भदौबाट बयलपाटा अस्पताल सञ्चालन गर्ने

2 days ago
784
वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सात वर्षपछि छुट्याउने विषयमा सहमति
News

आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

3 days ago
790
Next Post
अप्रिल महिना मुख क्यान्सर जनचेतना #OralCancerAwarness

अप्रिल महिना मुख क्यान्सर जनचेतना #OralCancerAwarness

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: ictformedia@gmail.com

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,123)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...