Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मकाे लागि रणनीति ल्याउदै

Nam Raj Bhatta by Nam Raj Bhatta
May 13, 2022
in News
Reading Time: 1 min read
A A
0
Health ministry

Health ministry

605
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ३० बैशाख २०७९

स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मका लागि स्वास्थ्य रणनीतिबारे छलफल थालेको छ। प्रारम्भिक मस्यौदा तयार पारेको मन्त्रालयले त्यसबारे छलफल थालेको हो।

मन्त्रालयले रणनीतिका लागि ५ वटा रणनीतिक उद्देश्य तयार पारेको छ। जसमा स्वास्थ्य संघीय संरचना अनुरूप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जबाफदेही बनाउने, स्वास्थ्य सेवाको उपभोग गर्दा नागरिकमा पर्ने वित्तीय जोखिम कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक र सहज पहुँच सुनिश्चित गर्ने र जनसंख्या, बसाइ सराइ र बढ्दो सहरीकरणको व्यवस्थापन गर्ने रहेका छन्।

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले ५ वटा रणनीतिलाई आधार मानेर सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए। ५ वटा रणनीतिक उद्देश्य रहेका छन्। यसमा थपघट गर्न सकिन्छ। अहिले प्रारम्भिक चरणमै छ।

सरकारले सन् २०३० सम्ममा विश्वव्यापी मातृ मृत्युदर हरेक एक लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने लक्ष्य प्रारम्भिक मस्यौदामा उल्लेख छ। त्यस्तै सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न दिने गरी योजना मस्यौदा बनेको छ। सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल सञ्चालन गरेको खण्डमा कर छुट दिइने डा. पौडेलको भनाइ छ।

अबको रणनीति विगतको भन्दा फरक खालको हुनुपर्नेमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। विगतमा अलि फरक थियो। अहिले प्राथमिकता र आवश्यकता पनि परिवर्तन भइसकेका छन्। त्यसैले हामीले अबको रणनीति फरक बनाउनुपर्छ डा. पौडेलले भने।

मन्त्रालयले स्वास्थ्य रणनीतिबारे सुझाव सल्लाहका लागि सार्वजनिक रूपमा आह्वान समेत गरेको छ। स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गएर आफ्नो सुझाव लेख्न सकिने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले जानकारी दिइन्। सरोकारवाला सबै निकाय तथा आम नागरिकबाट आएका सुझाव र सल्लाहका आधारमा स्वास्थ्य रणनीतिलाई अन्तिम रूप दिइने छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Sangeeta mishraDr.krishna paudel
SummarizeShare253ScanTweet147

Related articles

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.