काठमाडौं, २१ जेठ २०७८
सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शैया छुट्याउन निर्देशन दिएको हो।
मन्त्रालयले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा अत्याधिक मात्रामा प्रौढ तथा युवाहरु संक्रमित भएको र हालसम्म सबै तयारी उनीहरु लक्षित अवस्थामा रहेको जनाएको छ।
नेपालमा तेस्रो र चौथो लहर आउदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई अक्सिजनको व्यवस्थापन सहित २० प्रतिशत शैया बालबालिकाको लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।
Comments 1