काठमाडौं, २१ जेठ २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङलाई दिएका छन।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हटाएर उनको स्थानमा तामाङलाई मन्त्रीको जिम्मेवारी दिइएको हो।
तामाङ २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । यसअघि उनी कानून मन्त्री समेत बनेका थिए ।