काठमाडौ, १५ जेठ २०८०
आर्थिक वर्ष २०७९/८० को फागुन सम्ममा स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाको ७४७ स्थानीय तहमा विस्तार भएको छ ।
सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै बीमा कार्यक्रम ७७ जिल्लाको ७४७ स्थानीय तहमा विस्तार भएको जनाएको छ ।
बीमा कार्यक्रम स्थानीय तहमा विस्ता भएसंगै अब ४५९ स्वास्थ्य सेवा संस्थाबाट स्वास्थ्य बीमा सेवा लिन सकिने भएको छ ।
हालसम्म स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम अन्तर्गत ३७३ सरकारी अस्पताल, ३३ सामुदायिक अस्पताल र ५३ निजी अस्पताल गरी कुल ४५९ स्वास्थ्य सेवा प्रदायक आवद्ध भएका छन् ।