काठमाडौँ, ९ भाद्र २०८०
स्वास्थ्य बीमा बोर्डले २६ वटा निजी अस्पतालहरुलाई आफ्नो सेवा प्रदायक स्वास्थ्य संस्थाको सूचीबाट हटाएको छ।
बोर्डको गत ३२ साउनमा बसेको बैठकले ती स्वास्थ्य संस्थाहरुलाई सेवा प्रदायक स्वास्थ्य संस्थाको सूचीबाट हटाएको हो।
सेवाबाट हटाइएका स्वास्थ्य संस्थाहरुमा केही गतवर्ष देखि आफै बन्दको सूचना टाँस गरी बाहिरिएका अस्पतालहरु छन्। केही यसवर्ष देखि सूचना टाँस गरी बाहिरिएका अस्पताल छन्। गतवर्ष बाहिरिएका कतिपय अस्पतालहरुले भने पुन सेवा प्रदायक संस्थाको रुपमा सूचीकृत हुन पाउँ भन्दै स्वास्थ्य मन्त्रालय धाइरहेका थिए।
बीमा बोर्डले २०७९/८० को बजेट बक्तत्व्य पश्चात सूचना टाँस गरी सेवा स्थगित गरेका, बजेट बक्तव्यले निर्दिष्ट गर्नु भन्दा अगावै स्वास्थ्य वीमा ऐन अनुसार सम्झपौँता भएका तर आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य पछि अस्पतालको सम्झौँता अवधी समाप्त भई पुन नवीकरण नभएका स्वास्थ्य संस्थाहरुलाई सूचीबाट हटाएको हो।
त्यस्तै स्वास्थ्य वीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरु र लामो समय सम्म सम्झौँता नबीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई यही सुचनाबाट सूचीबाट हटाइएको जानकारी दिएको छ।
बीमा बोर्डले सेवा प्रदायक सूचीबाट हटाइएका २६ अस्पतालहरु