आज मिति : २०८२ कार्तिक १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

धादिङको बेनीघाटमा भएको निशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी लाभान्वित

Nam Raj Bhatta by Nam Raj Bhatta
January 4, 2025
in News
A A
0
धादिङको बेनीघाटमा भएको निशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी लाभान्वित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धादिङ, २० पुष २०८१

धादिङको दक्षिण क्षेत्रमा रहेको चेपाङ समुदायमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी लाभान्वित भएका छन ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तिमा लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीले गरेको शिविरको आयोजनामा बेनिघाट रोराङ गाउँपालिकाको सह–आयोजनामा जनस्वास्थ्य कार्यालय धादिङको समन्वय र धादिङ अस्पतालको प्राविधिक सहयोग रहेको थियो

विशेषगरी सिमान्तकृत चेपाङ समुदाय लक्षित गरि स्वास्थ्य शिविर गरिएको लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष कृष्ण ढकालले बताउनुभयो । ‘ स्वास्थ्यको सहज पहुँच पगोस् भन्ने उद्देश्यका साथ शिविर गरेका हौं । निकै ठूलो संख्यामा चेकजाँच गर्न आउनुभयो । यस्तो विकट बस्तिमा आएर सेवा दिन पाउदा खुसी लागेको छ’ उहाँले भन्नुभयो– ‘शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु र मनोसामाजिक परामर्श सेवा दिएका छौं । यो उपस्थितिले हामीलाई थप हौसला थपेको छ ।’

लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीले यस अघि पनि विभिन्न ठाउँमा यस्तै थुप्रै सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा काम गर्ने ढकालले बताउनुभयो ।FB IMG 1735982390219

धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारी नेतृत्वको विशेषज्ञ चिकित्सक टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरले आम नागरिकमा स्वास्थ्य चेतना थपेको डाक्टर अधिकारी बताउनुहुन्छ। ‘ग्रामिण क्षेत्रमा रहेका नागरिकले ठूलै स्वास्थ्य समस्या परे मात्र स्वास्थ्य संस्था पुग्छन् । तर नियमित स्वास्थ्य परिक्षण गर्नु पर्छ भन्ने सन्देश यो शिविरले दिएको छ’ डा. अधिकारीले भने ‘धादिङ अस्पतालले विभिन्न शिविरमा सहभागी भएर सेवासँगै जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । अन्जानमा रोग पालेर बसेका नागरिकका रोग पहिचान भएका छन् । उहाँहरुले थप स्वास्थ्य उपचार गर्नु हुनेछ र नियमित स्वास्थ्य परिक्षण गराउने बानीको विकास हुने अपेक्षा गरेका छौं ।’FB IMG 1735982396681

लायन्स इन्टरनेशनल डिस्टिक ३२५ का गभर्नर विनोद ढुंगानाले नयाँ काम गरौँ र समाजलाई सहयोग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताउनुभयो । ढुंगानाले स्थानीय विपन्न समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्वपूर्ण भूमिका खेल्ने हुदा यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको डा. अधिकारीको भनाई छ ।

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले नागरिकको आधारभूत आवश्यकता प्रवाहमा विशेष जोड दिएको बताउनुभयो । ‘आजको शिविरले पनि हामीलाई थप सहयोग पुगेको छ । सहयोगी संघरसंस्थाहरुले गर्दै आएको यस्ता कामले थप सहयोग पुगेको छ ।’ थपलियाले भने– ‘श्रोत साधनको कमिका कारण नागरिकलाई चाहे अनुसार सेवा प्रवाह गर्न सकिएको छैन । तर हामी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विशेष योजना बनाएर अघि बढी रहेका छौं’।

धािदङ अस्पतालका विशेषज्ञ चिकित्सक सहित २७ जनाको प्राविधिक टोलि शिविरमा सेवा दिन पुगेका थिए । शिविरमा चार सय १५ जना सेवाग्राहीले सेवा लिएको धादिङ अस्पतालका जनरल फिजिसियन डा. दिनेश रेग्मीले जानकारी दिनुभयो।

Tags: Dhading hospitalDr. Gagan AdhikariFree Health check up
Nisarga hospital Dhangadhi
Previous Post

काभ्रेमा १६ हजार छात्रालाई एचपिभी विरुद्धको खोप दिइने

Next Post

डा. रमेश आचार्यको स्पेनका प्रधानमन्त्री सङ्ग भेटवार्ता: माउन्ट एभरेष्टको भ्रमण गर्न आग्रह

Related articles

ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत
News

ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत

13 hours ago
786
चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे
News

चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे

14 hours ago
851
किष्ट अस्पतालमा भएको आक्रमणप्रति निजी मेडिकल कलेज संघको आपत्ति
News

किष्ट अस्पतालमा भएको आक्रमणप्रति निजी मेडिकल कलेज संघको आपत्ति

2 days ago
785
बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव
News

बैतडीमा १८ जनामा डेङ्गी संक्रमण पुष्टि #Dengue

2 days ago
780
नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गरिन पदभार ग्रहण
News

नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गरिन पदभार ग्रहण

3 days ago
787
स्वास्थ्य मन्त्रीमा डा. सुधा शर्माको नाम सिफारिस, आजै सपथ दिइने
News

स्वास्थ्य मन्त्रीमा डा. सुधा शर्माको नाम सिफारिस, आजै सपथ दिइने

3 days ago
1k
Next Post
डा. रमेश आचार्यको स्पेनका प्रधानमन्त्री सङ्ग भेटवार्ता: माउन्ट एभरेष्टको भ्रमण गर्न आग्रह

डा. रमेश आचार्यको स्पेनका प्रधानमन्त्री सङ्ग भेटवार्ता: माउन्ट एभरेष्टको भ्रमण गर्न आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,281)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...