चितवन, २ कार्तिक २०७९
भरतपुर अस्पतालका अध्यक्ष एवंम वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीले समतामूलक स्वास्थ र शिक्षा सेवाको पहुँच स्थापित गर्ने योजना लिएर चुनावमा भाग लिन आएको बताउनुभएको छ ।
स्वास्थ्य र शिक्षामा समाजवादी मोडल स्थापित गर्न सबै जनतासँग समान पहुँच पुग्ने गरि अघि बढ्ने प्रतिवद्धता डा. अधिकारीले बताए।
चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वरिष्ठ चिकित्सक डा. अधिकारीले जनताको समस्या सम्बोधन गर्ने भिजन बोकेर आएको बताउनुभएको छ ।
स्वास्थ, शिक्षा क्षेत्रको विकास र विस्तारसँगै समग्र योजना अघि बढाउन जिताउन आव्हान गर्नुभएको छ । भरतपुर–२५ मा चुनाव केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन र मतलाई एकिकृत गर्ने समय आएको बताउनुभयो ।