काठमाडौं, ०६ चैत २०७८
सात हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौ सेवागाही आउने देशको प्रमुख केन्द्रीय प्रसासनिय निकाय सिंहदरबार परिसर भित्र वीरले हेल्थ डेक्स सन्चालनमा ल्याएको छ ।
विसं २०७४ फागुन १६ गते स्थापना भएको उक्त स्वास्थ्य सेवा केन्द्र कोभिड -१९ शुरु भएपछि र स्थानको अभावले सो डेक्स बन्द रहेकोमा हाल प्रधानमन्त्री कार्यालयको अनुरोध मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आज चैत ०६ देखि शुरु गरेको हो ।
हेल्थ डेक्सको उद्धाटन नेपाल सरकार का मुख्य सचिव शंकर दास बैरागीले गर्नु भएको थियो र हेल्थ डेक्स स्वास्थ्य सेवाको शुभारम्भ वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा. भुपेन्द्र बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी शुभारम्भ गर्नु भयो।
बिहान १० बजे देखी दिउँसो ३ बजे सम्म वीर अस्पतालका दुई जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मी बाट सेवा प्रदान हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पुर्वी प्रवेश द्वार सगै साविक राष्ट्रिय पुर्नर्निर्वाण प्राधिकरण रहेको भवन बाट सेवा शुरु भएको छ ।
डेक्समा अक्सिजन सहित वेड, स्वास्थ्य परीक्षण, वल्ड प्रेसर, वल्ड सुगर, ड्रेसिङ्ग लगायत जाँच गरिन्छ भने सुविधासम्पन्न ऐम्बुलेन्स पनि हुनेछ । स्वास्थ्य परामर्श दिदै आवश्यक औषधि समेत दिइन्छ र स्वास्थ्य अवस्था र आवश्यक हेरेर सरकारी अस्पतालमा रेफर गरिन्छ । कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्न स्वास्थ्य समस्या र जाँचलाई कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस, कार्यालय समयको बचत होस पनि भन्ने हेल्थ डेक्स को उद्देश्य हो, हेल्थ डेक्सले कर्मचारीका साथै सिंहदरबार भित्र आउने सेवागाही लाई समेत स्वास्थ्य सेवा प्रदान गर्नेछ भने आवश्यकको आधारमा समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, छाला, महिला रोग लगायत बिषेशज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको सिंहदरबार हेल्थ डेक्स का प्रमुख बरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले बताए ।
उनका अनुसार प्रधानमन्त्री कार्यालयको पुरै निर्माणकार्य सम्पन्न भएपछी कार्यालयकै पश्चिम भागको भुइ तल्लामा सुविधासम्पन्न हेल्थ डेक्स र ऐम्बुलेन्स सहित सन्चालन हुनेछ ।