काभ्रे, १५ फागुन २०७८
भक्तपुरको सीमामा रहेको काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं ५ को प्रतिभा मा.वि.मा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको आयोजनामा १५ औं निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथी नेपालका लागि पाकिस्तानका महामहिम राजदूत शैयद हैदर अली र पाँचखाल नगरपपालिकाकी उप मेयर लक्ष्मी दनुवारले पानसमा बत्ती बाली सो निःशुल्क शिविरको उदघाटन गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै महामहिम राजदुत शाहले नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले ग्राामीण भेगमा आयोजना गरेको यस स्वास्थ्य शिविरमा पाकिस्तानबाट मेडिकल क्षेत्रमा अध्ययन गरेर आएका चिकित्सकहरुले जुन सेवा गर्नु भयो त्यो अत्यन्त सराहनीय रहेको बताउनु भयो । हामी आशा गछौं कि यस प्रकारको स्वास्थ्य शिविर आफनो तर्फबाट जारी रहने र यस्ता सेवाहरुमा पाकिस्तान सरकारको पूर्ण सहयोग रहने बताउनु भयो ।
यसैगरी सो कार्यक्रममा बोल्दै पाँचखाल नगरपालिकाकी उप मेयर लक्ष्मी दनुवारले मानवीय स्वास्थ्यसंग जोडिएको यस खालको शिविरले ग्रामीण भेगका जनतालाई थप सहयोग पुगेको दाबी गर्नु भयो ।
सो कार्यक्रममा राजदूत शाहले पाँचखालको प्रतिभा मा.वि.को लागि एक थान प्रोजेक्टर उपमेयर लक्ष्मी दनुवार मार्फत प्रदान गर्नु भएको थियो ।
नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ तथा नेपाल पत्रकार संघका सभापति डा. मन्जु रत्न शाक्यले संचालन गर्नु भएको सो कार्यक्रममा बालरोग विशेषज्ञ डा. रमेश मल्ल , स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रशिला अमात्य, बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भरत बहादुर प्रधान, डा. प्रबीण बहादुर प्रधान लगायतले वडा नं ५ मा रहेका जेष्ठ नागरिक, पाठेघर समस्याका महिला, मधुमेहका रोगीहरुलाई स्वास्थ्य परिक्षण गरि नि:शुल्क औषधि बितरण गरको थिए ।
मैत्री संघका महासचिव शाक्यको भनाइ अनुसार अर्को महिनाको २६ मार्चमा यस्तै खालको निशुल्क स्वास्थ्य शिविरको ललितपुरमा आयोजना गरिने जानकारी दिनुभयो ।