धनगढी, १७ फागुन २०७७
सुदूरपश्चिमप्रदेश धनगढीमा रहेको सिभिल मेडिकेयर सेन्टरमा छाती तथा दम रोग सम्बन्धी निःशुल्क परिक्षण हुने भएको छ ।
सेन्टरले आयोजना गरेको निःशुल्क परिक्षणमा यही फागुन २१ र २२ गते पाटन अस्पतालका वरिष्ठ डा. राजेश किशोर यादवले छाती तथा दम रोग भएका विरामीहरुको चेकचाँच गर्ने भएका छन्।
धनगढी अस्पताल लाईनमा रहेको सिभिल मेडिकेयरले दिर्घकालीन रुपमा दम रोगको औषधी सेवन गरीरहेका बिरामीहरुलाई बढी फाईदा पुग्ने मेडिकेयरका सञ्चालक सुरज गोराथोकीले जानकारी दिए ।
निःशुल्क स्वास्थ्य परिक्षणमा दम बढ्ने, स्या स्या हुने, निमोनिया, छाती दुख्ने, क्षयरोग, खकारमा रगत देखिने, फोक्सोको क्यान्सर, फोक्सोमा पानी जम्ने समस्या, दिर्घकालीन रुपमा लाग्ने रुघा, लामो समयसम्म लाग्ने खोकी, घुर्ने समस्या, निन्द्रामा स्वास फेर्न नसक्नु लगायतका समस्याहरुको उपचारका साथै स्पिरोमेट्रिद्धारा फोक्सोको जाँच पनि गरिने गुराथोकीले बताए ।