काठमाडौं, २३ पौष २०७७
नेपाल नेशनल हस्पिटल कलङ्की द्वारा संचालित यति हस्पिटलको आयोजक र रोटरी क्लब अफ काठमाडौं हेल्थ प्रोफेसनलको सह आयोजकमा बाफल स्थिति आफ्नै भवनमा यही पौष २३ गतेदेखि २५ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर. सञ्चालन गर्ने भएको छ।यो तीन दिने निःशुल्क शिविर हुनेछ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन तथा छातीरोग विशेषज्ञ सेवा, जनरल सर्जरी सम्बन्धि विशेषज्ञ सेवा, हाडजोर्नी तथा स्पाइन सम्बन्धि बिशेषज्ञ सेवा , बालरोग विशेषज्ञ सेवा लगायतका कोभिड -१९ निको भइसकेको बिरामीको छातिको अवस्था जाँच सम्बन्धि, समस्या भएका बिरामीले विशेष डाक्टरसँग परामर्श लिन पाउनेछन् ।
त्यसका साथै फोक्सोको परीक्षण,। एक्सरे , सुगर जाँच आदिका रोगीले पनि परामर्श लिन पाउनेछन्।
यसैगरी, शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमजोरीबाट उत्पन्न हुन सक्ने रोगका बारेमा तथा स्वस्थ्य जीवनशैली सम्बन्धि विशेष परामर्श पनि उपलब्ध गराइने आयोजकले बताएका छन्।
उक्त शिविरमा उपचार गर्ने अनुभवप्राप्त विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गर्नेछन्।