आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

डा. कार्की सहित पच्चीस जनालाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’ प्रदान

Nam Raj Bhatta by Nam Raj Bhatta
March 26, 2022
in News
A A
0
डा. कार्की सहित पच्चीस जनालाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’ प्रदान
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ चैत २०७८

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८ बाट मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. दिपेन्द्र कार्की सहित २५ जना सम्मानित भएका छन्।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौँ वार्षिकोत्सकका अवसरमा काठमाण्डौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ ।

नेटवर्कले विभिन्न विधागत रुपमा छनोट गरी समाजमा योगदान पुर्याएका चिकित्सकसहित २३ व्यक्ति तथा दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो ।

Health award

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्राडा. सशाङ्क कोइरालालले उक्त अवार्ड प्रदान गर्नुभएको थियो । नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले प्रदेशगत रुपमा सात, विधागत तथा संस्थागत विकासमा योगदान पुर्याउने सात, अन्तर्राष्ट्रिय समाजिक सङ्घसंस्थाको सिफारिसका आधारमा दुई चिकित्सक, विभिन्न प्रदेशबाट पाँचजना स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा पत्रकारिता गर्दै आएका दुई पत्रकारलाई अवार्ड दिइएको जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्य क्षेत्रमा योगदान गर्ने दुई संस्थालाई समेत सोही समारोहमा सम्मान प्रदान गरिएको थियो । समारोहमा प्रदेश १ बाट स्त्री, प्रसूति तथा ल्याप्रोस्कोपिक सर्जन डा. ज्ञानेन्द्रमान सिंह कार्की, मधेस प्रदेशबाट फेमेली फिजिसियन तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा सरोजरोशन दास, बागमती प्रदेशबाट बालरोग विशेषज्ञ डा. खेमराज पौडेल, गण्डकी प्रदेशबाट हर्मोनरोग विशेषज्ञ प्राडा. तीर्थलाल उपाध्यय, लुम्बिनी प्रदेशबाट यौन, छाला तथा कुष्ठरोग विशेषज्ञ डा. गोपालराज शाक्य, कर्णाली प्रदेशबाट हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेल र सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका पूर्वनिर्देशक डा. गुणराज अवस्तीलाई सम्मान गरिएको थियो ।

Second

यस्तै विधागत तथा संस्थागत विकासमा योगदान पुर्याउने वरिष्ठ न्युरोलोजिष्ट तथा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका पूर्वडिन प्राडा. जगदीशप्रसाद अग्रवाल, वरिष्ठ क्यान्सर सर्जन डा. प्रकाशराज न्यौपाने, वरिष्ठ न्युरोजर्सन डा. वसन्त पन्त, धर्मभक्त माथेमा अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक प्राडा. पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा. माधव घिमिरे र वरिष्ठ मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईलाई सम्मान गरिएको थियो ।

अन्तरराष्ट्रिय सामाजिक सङ्घसंस्था जेसिज र लायन्स क्लबको सिफारिसका आधारमा क्यान्सर सर्जन डा. गङ्गा सापकोटालाई पनि सोही समारोहमा सम्मान गरिएको थियो ।

Frist 2

यस्तै स्वास्थ्यकर्मीतर्फ नवलपुरका रामबहादुर बोहरा, चितवनका अमृतकुमार राज भण्डारी, बुटवलका पवन जोशी, नर्सिङ विधाबाट चितवनकी अयोध्याकुमारी पाठक र नवलपुरका ओमबहादुर महत्तोलाई सम्मान गरिएको थियो । समारोहमा पत्रकारितातर्फ हेल्थ पाटी डटकमकी तुलसा घिमिरे र आभास टेलिभिजनका सुकदेव गिरीलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा समाजमा स्वास्थ्य अभियानमार्फत योगदान पुर्याएबापत नेपाल क्यान्सर सहयोग समूह, ललितपुर र मिर्गौला बचाउ अभियान, काठमाडौँलाई पनि सम्मान गरिएको थियो । समारोहमा नेता डा. कोइरालाले स्वास्थ्य दर्पण राष्ट्रिय मासिक पत्रिकाको पहिलो अङ्कको समेत विमोचन गर्नुभएको थियो ।

Tags: Corona Virus #Covid19Dr. Deependra karkiSandip Kumar ShresthaSwasthya Darpan health award 2078
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य मन्त्री खतिवडालाई ४४ बुँदे माग पत्र बुझायो वीर अस्पताल ट्रेड युनियनले

Next Post

नर्सिङ र मिडवाइफरी लाइसेन्सको नतिजा प्रकाशित, ५५ प्रतिशत उत्तीर्ण

Related articles

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

48 minutes ago
787
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

15 hours ago
1.8k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

21 hours ago
793
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

22 hours ago
794
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
844
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

2 days ago
785
Next Post
नर्सिङ काउन्सिलमा विशेषज्ञ दर्ताको लागि फागुन एक देखि अनलाईन फर्म खुला

नर्सिङ र मिडवाइफरी लाइसेन्सको नतिजा प्रकाशित, ५५ प्रतिशत उत्तीर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,014)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...