काठमाडौं, ०९ चैत २०७८
नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)मा नयाँ कार्यसमिति चयन भएको छ। संघको हिजो सम्पन्न भएको दशौं राष्ट्रिय महाधिवेशनबाट वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।
महाधिवेशनबाट शोभा गौतमलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छिन्। उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल देवकोटा, सञ्जय साह निर्वाचित भएका छन्।
त्यसैगरी महासचिवमा श्याम ओली, सचिबमा दुर्गा बजगाईं, रेवती थापा, गोपाल प्रसाद गौतम, अमृत भूसाल, मैया न्यौपाने, ओम प्रसाद न्यौपाने र राधा आचार्य रहेका छन्।
कोषाध्यक्षमा कल्पना पाण्डे र सहकोषाध्यक्षमा छिरिङ डोल्मा शेर्पा चयन भएका छन्।
केन्द्रीय सदस्यहरुमा बाँकेबाट चन्द्र खड्का र बर्दियाबाट रामेश्वर खनाल निर्वाचित भएका छन्। संघमा देशभरबाट ७५ सदस्यीय कार्यसमिति बनेको हो।