कैलाली , १३ चैत्र २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय , स्वास्थ्य कार्यालय कैलालीले चैत्र २० गते देखि कैलाली जिल्लामा वसोवास गर्ने करिब ८ लाख ५० हजार मानिसलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने गरि तयारी गरेको छ ।
स्वास्थ्य कार्यालय कैलालीले चैत्र १२ गते जिल्ला स्तरीय समन्वय समितिको बैठक र चैत्र १३ गते पत्रकारहरु संग गरेको अन्तरक्रियामा उक्त कार्यालयका प्रमुख श्री लाल बहादुर धामीले यहि चैत्र २० गते देखि कैलाली जिल्लाका सबै पालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविका हरु हात्तीपाईले रोग निवारणका लागि प्रयोग भैरहेको डी इ सि र अल्बेन्डाजोल औषधि सेवन अभियान संचालन गरिने कुरा बताउनु भएको छ
विश्व स्वास्थ्य संगठनले सन् १९९७ मा गरेको सिफारिस अनुसार नेपालमा हात्तीपाईले रोग निवारणको अभियान सन् २००३ बाट शुरु भएको थियो ।
सुदूरपश्चिममा भने यो अभियान सन् २०१३ बाट मात्र शुरु भएको हो । जिल्ला स्तरमामा ६ चरण औषधि खुवाए पछी रोगको प्रभाव दर १ प्रतिशत भन्दा कम मा झर्नु पर्दछ । सुदूरपश्चिमका पहाडी ७ वटा जिल्लामा ६ चरण औषधि खुवाई सकेपछी प्रभाव दर एक प्रतिशत भन्दा कममा झरेको छ भने कन्चनपुरमा ८ चरण औषधि खुवाई सकेपछी प्रभाव दर १ प्रतिशत भन्दा कममा झरेको हो । तर कैलालीमा ८ चरण औषधि खुवाउँदा पनि प्रभाव दर आशातित रुपमा प्राप्त हुन् नसकेपछी यस वर्ष ९ चरणमा औषधि खुवाउन थालेको कुरा स्वास्थ्य निर्देशनालय डोटीमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताउनु भएको छ।
उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका प्रमुख श्री सुर्य बहादुर थापाले योजना बद्ध तरिकाले यस वर्ष अभियान संचालनमा आफुले स्थानीय तह संग समन्वय गर्ने र भरसक यसै वर्ष यस कार्यक्रमले निर्धारण गरेको लक्ष्य हासिल हुने गरि सबैले सहयोग गर्नु पर्ने कुरा औल्याउनु भएको छ ।
Comments 3