ह्याम्स अस्पताल र नागरिक अस्पतालका अध्यक्ष रामशरण (आर.एस.) भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
मंगलवार सम्पन्न महासंघको निर्वाचनमा अध्यक्ष भण्डारी विजयी हुँदै केन्द्रीय सदस्य पदमा चयन भएका हुन्।
भण्डारी स्वास्थ्य क्षेत्रसँगै निजी व्यवसायिक क्षेत्रमा पनि सक्रिय रहेर स्वास्थ्य सेवाको व्यवस्थापन र निजी क्षेत्रको विकासमा लामो समयदेखि योगदान दिँदै आएका छन्।
भण्डारी धुम्बराहीस्थित ह्याम्स अस्पताल र नागरिक अस्पतालको नेतृत्व गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा व्यवस्थापकीय सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।






