Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ३२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

थानकोटमा केएफडब्लूको सहयोगमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने

Nam Raj Bhatta by Nam Raj Bhatta
October 2, 2023
in News
Reading Time: 1 min read
A A
0
थानकोटमा केएफडब्लूको सहयोगमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौँ, १५ असोज २०८०

जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विकास बैंक (केएफडब्लू)ले बजेट निकासाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

चन्द्रागिरि– ४ स्थित थानकोटमा एक अर्ब लगानीमा निर्माण हुने अस्पतालका लागि जर्मन सरकारद्वारा परामर्शदाता तथा प्राविधिक छनोट भइसकेको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र केएफडब्लूका प्रतिनिधिमण्डल बीचमा सम्पन्न बैठकमा केएफडब्लू प्रतिनिधिले नगरप्रमुखलाई उक्त जानकारी गराएको हो । केएफडब्लूका प्रतिनिधिले अस्पताल बन्ने स्थानको स्थलगत अवलोकनसमेत गरिसकेको नगरप्रमुख गिरीले जानकारी दिए ।

सो अवसरमा नगरप्रमुख गिरीले अस्पताल बनाउन नगरपालिकाले हालसम्म गरेको काम र अगामी दिनमा गर्नुपर्ने समन्वय र सहजीकरणबारेमा प्रतिनिधिलाई जानकारी गराएका थिए ।

नगरप्रमुख गिरीले अस्पताल बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट २३ रोपनी जग्गा प्राप्तिको प्रक्रिया टुङ्गो लगाइसकिएको केएफडब्लुका प्रतिनिधिलाई जानकारी गराएका थिए । सो अवसरमा उनले थानकोटमा नगरपालिकाले २५ श्ययाको ‘डायलासिस’ सेवासहितको अस्पताल बनाउन बोलपत्र प्रक्रिया सकेर निर्माण सुरु गरिसकेको बताए । अस्पतालको भवन करिब १९ करोडको लागतमा बन्न लागेको हो ।

बैठकमा प्रतिनिधिमण्डलले नगरप्रमुखलाई प्रसूति विशेषज्ञ अस्पताल बनाउन ‘केएफडब्लू’बाट बजेट निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढ्न लागेको र जर्मन सरकारले परामर्शदाता तथा प्राविधिक पनि छनोट गरिसकेको जानकारी दिएको थियो । साथै यही साता नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अर्थ मन्त्रालयसँग केएफडब्लूले थप सम्झौता प्रक्रिया अगाडि बढाउन लागेको जानकारीसमेत दिएको नगरप्रमुख गिरीले बताए ।

बैठकमा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी तथा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि सहभागिता थियो । विशेषज्ञ अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने लक्ष्य राखिएको छ ।

नगरपालिकाको समन्वय र सहकार्यमा नेपाल सरकार र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेका थिए । नगरप्रमुख गिरीले भने, “निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ । विशेषज्ञ अस्पताल बनेपछि यस क्षेत्रको स्वास्थ्य सेवामा नयाँ आयाम थपिनेछ ।”

विशेषज्ञ अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्याउने लक्ष्य लिइएको छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्याउने अपेक्षा गरिएको छ ।

विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ श्ययाका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवारनियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ । रासस

Tags: Chandragiri municipalityCorona Virus #Covid19Ghansyam giriNepal Society of obstetric gynaecology
SummarizeShare236ScanTweet147

Related articles

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

by Nam Raj Bhatta
July 16, 2026
0

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पतालको आफ्नै भवन निर्माण सुरु गरेको छ। अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीले भवनमा मात्र १ अर्ब लगानी र अत्याधुनिक प्रविधिसहितको सामानहरुका...

दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल

दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल

by Nam Raj Bhatta
July 15, 2026
0

स्वास्थ्य सेवा गुणस्तरीय, सहज र विशेषज्ञ चिकित्सकको पहुँचमा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै वि.सं. २०६३ मा स्थापना भएको च्छो–रोल्पा अस्पताल आज दोलखा जिल्लाको अग्रणी निजी स्वास्थ्य संस्थाका रूपमा...

काठमाडौंमा हैजाका दुई शंकास्पद बिरामी भेटिए, उच्च जोखिममा

काठमाडौंमा हैजाका दुई शंकास्पद बिरामी भेटिए, उच्च जोखिममा

by Nam Raj Bhatta
July 15, 2026
0

​काठमाडौंका विभिन्न अस्पतालमा हैजाका दुई जना शंकास्पद बिरामी फेला परेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का अनुसार बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल र टेकुस्थित शुक्रराज ट्रपिकल...

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

by Nam Raj Bhatta
July 13, 2026
0

नेपालमा पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा बर्ड फ्लु (Highly Pathogenic Avian Influenza–H5N1) को संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई मध्यनजर गर्दै नेपाल...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    831 shares
    Share 332 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    694 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    673 shares
    Share 290 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    690 shares
    Share 307 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता
  • दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल
  • काठमाडौंमा हैजाका दुई शंकास्पद बिरामी भेटिए, उच्च जोखिममा
  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.