काठमाडौं, २१ साउन २०७९
ग्रीन लाईफ पोलिक्लिनिक र स्वस्तिक कोलोनीको संयुक्त आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
स्वस्तिक कोलोनी गणेश मन्दिर परिसरमा भएको स्वास्थ्य शिविरबाट ५८ जनाले निशुल्क उपचार पाएको अर्थोपेडिक सर्जन डा. क्षितिज सापकोटाले जानकारी दिनुभयो।
स्वास्थ्य शिविरमा वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. खेम राज अधिकारी, राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. क्षितिज सापकोटा, महिला तथा स्त्रीरोग विशेषज्ञ डा. सजना श्रेष्ठ र कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. राज कुमार बिकले उपचार गरेका थिए।
ग्रीन लाईफ पोलिक्लिनिक टोखा नगरपालिकाकै स्थानीय चिकित्सकहरुको समुह द्वारा स्थानीय द्वारा स्थानीयकै लागि खोलिएको हो।
शिविरमा निशुल्क औषधी बितरण, ल्याब परीक्षणमा २५ प्रतिशत छुट, सुगर प्रेसर तथा ब्लड ग्रुप निशुल्क चेकजाँच गरिएको थियो।
Comments 1