काठमाडौं, १४ साउन २०७९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला अस्वस्थ भई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका छन्।
ज्वरो आएका कारण डा. कोइरालालाई शनिबार भर्ना गरिएको अस्पतालले जनाएको छ।
डा. कोइरालाको स्वास्थ्य अवस्था बारे थप जानकारी आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ।