स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना संक्रमित ३५ वर्षीय ती पुरुष अस्पतालमै उपचार गराइरहेका व्यक्ति रहेको खुलेको हो ।
ती संक्रमित धापासीस्थित ग्रान्डी अस्पताल रहेको खुलेपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।
संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको छ। अहिलेसम्म सम्म कोरोना सन्क्रमितको संख्या ५४८ पुगेको छ भने निको भएर घर ७० जना फर्की सकेका छ्न। कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ रहेको छ। देशका ४० जिल्लामा संक्रमण पुगिसकेको छ।