काठमाडौं,२८ कार्तिक २०७७
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा.गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। सक्रमण्को केही लक्षण देखा परेपछि डा. केसीले हिजो गर्नुभएको पिसिआरटेस्ट गर्नुभएको थियो । डा. केसीको स्वाब परिक्षणको रिपोर्ट शुक्रबार आएको छ ।
बिहिबार नुवाकोटको त्रिशुली अस्पताल पुगेका डा. केसीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि काठमाडौ आउनु भएको छ । चिकित्सकहरुका अनुसरा डा. केसीलाई रुघा खोकी लाग्नुका साथै ज्वरो समेत आएको छ । यसै गरी डा .केसीमा स्वास प्रस्वासमा समेत समस्या देखिएको छ। डा.केसी शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा भर्ना हुनुभएको छ।
डा. केसीलाई डा. सुबास आचार्यको टोलीले उपचार गरिहेको छ ।सरकारी सेवाबाट अवकास पाएपछि डा. केसी दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिदै आउनुभएको थियो
Comments 1