काठमाडौं, ०८ साउन २०८२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी संक्रमण नियन्त्रणका लागि सबै सरकारी कार्यालयलाई ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
साउन, भदौं र असोज महिनामा डेंगुको सङ्क्रमण बढ्ने आकंलन सहित स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको हो ।
जसका लागि प्रत्येक शुक्रबार ९:३० सम्म कार्यालय उपस्थित हुन कर्मचारीहरुलाई निर्देशन समेत दिएको छ ।
अभियान सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मिति २०८२/ ०४/ ५ मा स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइसकेको छ।