काठमाडौं, १५ जेठ २०७८
सरकारले सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । यस्तै सरकारले भेन्टिलेटर तथा मेडिकल उपकरणका लागि चार अर्ब छुट्याएकाे मन्त्री पाैडेलले बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ ।
चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८र ७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो । संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
Comments 2