काठमाडौं, २८ वैशाख २०७८
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड उपचार गर्ने अस्पतालका बनाउने निर्णय गरेको जानकारी दिनुभयो।
‘काठमाडौंका सबै सरकारी अस्पतालहरुलाई शत प्रतिशत नै कोभिड बेडका रुपमा उपचार गर्ने भनेर निर्णय गरेका छौं’ ।
अहिले संक्रमणको अवस्था र बिरामीको अस्पताल भर्ना हुने दर हेर्दा अक्सिजन माग ह्वात्तै बढेको हुनाले अक्सिजनको वितरणमा चुनाैती आएको छ र भारत सरकार संग पनि अक्सिजनको लागि छलफल गरिरहेका उनले जानकारी दिए।
Comments 3