काठमाडौं, १५ जेठ २०८०
सरकारी चिकित्सक संघ (गोदान) नेपालको अध्यक्षमा डा. समाज गौतम निर्वाचित भएका छन्।
आइतबार भएको निर्वाचनमा डा. गौतमले डा. ऋषिकान्त अर्याललाई पराजित गर्दै विजयी हुनुभएको हो ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा डा. क्षितिज सापकोटा, उपाध्यक्षमा डा. विप्लव घिमिरे, महासचिवमा डा. विजय वावु, सचिवमा डा. विप्लव सापकोटा र कोषाध्यक्षमा डा. राकेश मिश्र निर्वाचित हुनुभएको छ ।
यस्तै, सदस्यहरु डा. सुरेश महर्जन, डा. विराट शर्मा, डा. सचिन यादव, डा. कपिल गौतम, डा. रोशन ग्वाछा, डा. अमृत पन्थी, डा. प्रकाश ढकाल, डा. कुसल खनाल र डा. देवराज कंडेल निर्वाचित हुनुभएको छ ।
यसअघि गोदानको अध्यक्ष डा. रविन खड्का हुनुहुन्थ्यो ।