काठमाडौं, २६ फागुन २०७९
सरकारी चिकित्सक संघ, बागमती प्रदेशमा डा. त्रिभुवन चन्द्र झाको अध्यक्षतामा निर्विरोध पुनगर्ठन भएको छ।
पुनर्गठनबाट उपाध्यक्षमा डा. रामचन्द्र सापकोटा र डा. नविन दर्नाल रहनु भएको छ।
त्यस्तैगरी सचिवमा डा. गगन अधिकारी र कोषाध्यक्षमा डा. मनोज ज्ञवाली छन् भने सदस्यहरुमा डा. उमेश प्रधान र ज्ञानेश्वर श्रेष्ठ रहेका छन्।
कार्यसमितिको सल्लहाकारमा डा. दिपेन्द्र पाण्डे र डा. सुमित्रा गौतम रहनु भएको छ।