रसुवा, २६ जेठ २०८०
गोसाईकुण्ड गाउँपलिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीहरूको लागि ३ दिने High altitude sickness management तालिम कार्यक्रम रसुवामा सम्पन्न भएको छ।
गोसाईकुण्ड गाउँपालिका भौगोलिक दृष्टिकोणले १२०० मिटर उचाई देखि ३८०० मिटर उचाई सम्म मानव बस्तिरहेको र गाउँपालिका धार्मिक तथा पर्यटकीय दृष्ट्रिकोणले प्रख्यात रहेको स्वास्थ्य शाखा संयोजक विमल घिमिरेले बताउनुभयो।
गोसाइँकुण्ड गाउँपालिकाका बिभिन्न क्षेत्रमा बर्षेनी हजारौ भक्तजन तथा पर्यटकले भ्रमण गर्ने गरेका छन् । एक्कासी उच्च क्षेत्रमा भ्रमण गर्दा पर्यटकहरू लेक लागि स्वास्थ्यमा समस्या आई गम्भिर स्वास्थ्य समस्या भोग्दै आइरहेका घिमिरेले बताए । उच्च भु-भागमा स्वास्थ्यकर्मी भएपनी यस्तो किसिमको तालिम नभएको कारण उपचारमा समस्या भएको र यस तालिम कार्यक्रम पश्चात स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्थामै बिरामिको उपचार गर्न सक्षम हुने उनले बताए ।
यो तालिम जेठ २४ देखि २६ गते सम्म चलेको थियो र कार्यक्रममा ९ वटा स्वास्थ्य संस्थाका २२ जना स्वाथ्यकर्मीहरूले तालिम लिएका छन्।
तालिममा लामो समय माउण्टेन सोसाईटी मेडिसिनमा काम गरेका डा. दीक्षान्त सिटौला र डा. सरोज श्रेष्ठ प्रशिक्षक रहेका थिए ।