गोरखा, ७ भाद्र २०७९
गोरखा अस्पतालमा निःशुल्क हेमोडायलासिस सेवा शुरु भएको छ । मृगौला फेल भएका बिरामीहरुलाई लक्षित गरी भदौ ७ गतेबाट सेवा शुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि श्रेष्ठले बताए ।
मंगलबार एक जना बिरामीले डायलासिस गरेको डा. श्रेष्ठले जानकारी दिनुभयो। डायलासिसका लागी आवश्यक उपकरण यसअघि नै अस्पताललाई प्राप्त भइसकेको थियो । तर भवन र जनशक्ति अभावमा सेवा शुरु हुन नसकेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
‘दुई बर्ष अघि नै हामीलाई आवश्यक उपकरणहरु प्राप्त भइसकेको थियो,’ उनले भने, ‘तर भवन पनि पर्याप्त नभएको र जनशक्ति नभएकाले सेवा शुरु गर्न सकेका थिएनौ ।’
अस्पतालको नयाँ भवन निर्माण भएको र तालिम प्राप्त जनशक्ति समेत भएकाले सेवा शुरु गर्न लागिएको उनले जानकारी दिए ।
अवबाट मृगौलाका बिरामीले अस्पतालबाट दैनिक डायलासिस सेवा निशुल्क लिन सकिने भएको छ।