आज मिति : २०८२ जेष्ठ २३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

गोकर्णेश्वर नगर अस्पतालले सेवाग्राहीको मन जित्न सफल

Nam Raj Bhatta by Nam Raj Bhatta
May 16, 2023
in News
A A
0
गोकर्णेश्वर नगर अस्पतालले सेवाग्राहीको मन जित्न सफल
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २ जेठ २०८०

सरकारी सेवाप्रति तिक्तता बढ्दै गएको बेला काठमाडौंको गोकर्णेश्वर नगर अस्पतालले भने सेवाग्राहीको मन जित्दै गएको छ । सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई चिर्दै गोकर्णेश्वर नगरपालिकाद्वारा सञ्चालित यो अस्पतालले भौतिक पूर्वाधार सम्पन्न नभएतापनि उपचारमा विज्ञ चिकित्सकको टोलीसहित छिटो, छरितो रुपमा सेवा प्रदान गरि सेवाग्राहीको मन जित्न सफल भएको छ । नगरपालिका र सञ्चालक समितिको अग्रसरता र प्राविधिकहरुको सहयोगमा सेवाग्राहीलाई उच्चस्तरको सेवा प्रदान गर्न अस्पताल सक्षम भएको हो ।

१५ शैयाको अस्पतालमा दिनहुँ करिब ३ सयभन्दा बढि सेवाग्राही आउने गरेका छन् । प्रविधि मैत्री, अत्याधुनिक र गुणस्तरीय मेसिन, विशेषज्ञ सेवा, २४ घण्टे आकस्मिक सेवा र एम्बुलेन्स सेवा, रेडियोलोजी, एक्सरे, जनरल फिजिसिन, आँखा सेवा केन्द्र, थोरै शुल्कमा अधिकतम सुविधा अनि छिटो र छरितो सेवाले गर्दा सेवाग्राहीलाई सरल रुपमा उपचार गर्न सफल भएको सूचना अधिकारी टिका खड्काले बताउनुभयो । अन्य अस्पतालले सेवाग्राहीलाई सन्तुष्ट पार्न नसकेको स्वास्थ्य बीमाका सेवाग्राहीलाई समेत नगरपालिका र अस्पताल व्यवस्थापनको सहयोगमा स्वास्थ्य बीमा सेवालाई पनि चुस्त बनाएको छ ।

नेपाल मेडिकल शिक्षण अस्पताल जस्ता ठूला अस्पतालको उपथितीका वावजुद पनि अस्पतालमा मुटुरोग, स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नीलगायत विशेषज्ञ सेवा भएको र सेवा शुल्कसमेत न्यून भएकाले अन्य अस्पतालको तुलनामा यो अस्पताल सबैको रोजाई बन्ने गरेको स्थानीय सेवाग्राही श्रीचन केसी बताउनुहुन्छ । खासगरि निम्न आय भएका बिरामीको लागि भने यो अस्पताल बरदान भएको सेवाग्राहीहरु बताउँछन् ।

नगर अस्पतालले उपलब्ध गराएका सबै किसिमका सेवाबाट आफू सन्तुष्ट भएको स्थानिय सेवाग्राही जीना पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सेवा राम्रो छ, प्राविधिक जनशक्ति अलि कम भएको जस्तो लाग्छ । सरकारी अस्तापालमा यत्तिको सेवालाई राम्रो भन्नुपर्छ ।’
त्यस्तै अस्पतालले आँखा सेवा पनि शुरु गरेको छ । नेपाल दृष्टि विशेषज्ञ संघ र गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा गोकर्णेश्वर नगर अस्पतालमा यो सेवा प्रारम्भ भएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अन्तर्गत आधारभूत स्वास्थ्य सेवामा आँखा सेवालाई संलग्न गर्ने मूल मर्मलाई कार्यान्वयन गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगर अस्पताल संचालक समितिका अध्यक्ष जयराम महतले बताउनुभयो । उहाँले निम्न आय भएका ब्यक्ति बिरामी भएको खण्डमा अन्य अस्पताल जाँदा धेरै पैसा खर्च हुने बताउदै गोकर्णेश्वर नगर अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक कुमार रिसालले अस्पताललाई भौतिक पूर्वाधार सम्पन्न बनाई उच्च स्तरको सेवा प्रदान गर्न नगरपालिले पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रविधिमैत्री, सेवालाई चुस्त बनाउँदै लैजाने बताउनुभयो ।

नगरप्रमुख रिसालले अस्पतालको लागि २५ कारोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको बताउनुभयो । यसको लागि संघ सरकारले १८ कारोड ५० लाख विनियोजन गरी सकेको र नपुग रकम नगरपालिकाले व्यहोर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले १८ करोड ५० लाख विनियोजन गरेको र बाँकी नपुग रकम नगरपालिकाले व्यहोर्छ । अस्पतालको लागि ३० रोपनी भन्दा बढि क्षेत्रफलको जग्गा नगरपालिका र अन्य संघरसंस्थाको सहयोगमा प्राप्त भएकोछ ।’ भवन निर्माण गर्न डिपिआर भई ठेक्का लाग्ने अन्तिम प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले नगर अस्पतालले सेवाग्राहिलाई गोकर्ण क्षेत्रमा रहेका अन्य सुविधा सम्पन्न अस्पतालले भन्दा गुणस्तरीय र चुस्त सेवा प्रदान गर्दै आएको बताउनुभयो । अहिले भौतिक पूर्वाधारको कमी भएको र भवन निर्माणपछि त्यसको पनि अन्त हुने उहाँको भनाईछ । आवश्यक चिकित्सक तथा अत्याधुनिक उपकरणहरु थप गर्दै लैजाने छौं उहाँले भन्नुभयो, ‘हामीसँग स्रोत र साधनको कमी छैन । मानविय सेवालाई तिब्रता दिंदै अगाडि बढिरहेका छौं । गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा पालिकाले कुनै कसर बाँकी राखेको छैन ।’

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले सेवाग्राहीको कुनै गुनासो नआउनेगरि कार्य सम्पादन गर्दै आएको कुरा बताउनु भयो । गोकर्णेश्वर नगर अस्पताललाई सरकारी अस्पतालमध्येको नमुना अस्पताल बनाउन सफल भएको उहाँको दावी छ ।

अस्पतालका निमित्त प्रमुख डा. साङबो लामाले नगरपालिका, सञ्चालक समिति र सरोकारवाला सबैको सहयोगबाट नै अस्पतालले चुस्त सेवा प्रदान गर्न सफल भएको बताउनुभयो । प्रविधिको उच्चतम प्रयोगगर्दै सेवाग्राहिलाई सेवा चुस्त बनाउनु नै अस्पतालको प्राथमिकता भएको उहाँको भनाईछ ।

गोकर्णेश्वर नगरपालिकामा १५ शैया नगर अस्पतालसहित ११ वटा स्वाथ्य केन्द्र रहेको छ । ४ वटा स्वास्थ्य चौकी, ५ वटा शहरी स्वास्थ्य केन्द्र, १ वटा नागरिक आरोग्य केन्द्रलगायतले सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेकोछ । गोकर्णेश्वर नगरपालिकामा करिब १ लाख ५० हजार जनसंख्या रहेकामा लगभग ११ प्रतिशत मानिसले स्वास्थ्य बीमा गरि सेवा लिएका छन।

Tags: #government of NepalCorona Virus #Covid19Gokarneshor Nagar Hospital Kathmandu
Nisarga hospital Dhangadhi
Previous Post

जिल्ला अस्पताल बैतडी देशभरमै उत्कृष्ट बन्न सफल #DistrictHospitalBaitadi

Next Post

न्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त

Related articles

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित
News

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित

1 hour ago
791
हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

2 days ago
782
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

2 days ago
817
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

3 days ago
817
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

4 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

5 days ago
872
Next Post
न्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त

न्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,056)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.