Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

गोकर्णेश्वर नगर अस्पतालले सेवाग्राहीको मन जित्न सफल

Nam Raj Bhatta by Nam Raj Bhatta
May 16, 2023
in News
Reading Time: 1 min read
A A
0
गोकर्णेश्वर नगर अस्पतालले सेवाग्राहीको मन जित्न सफल
630
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २ जेठ २०८०

सरकारी सेवाप्रति तिक्तता बढ्दै गएको बेला काठमाडौंको गोकर्णेश्वर नगर अस्पतालले भने सेवाग्राहीको मन जित्दै गएको छ । सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई चिर्दै गोकर्णेश्वर नगरपालिकाद्वारा सञ्चालित यो अस्पतालले भौतिक पूर्वाधार सम्पन्न नभएतापनि उपचारमा विज्ञ चिकित्सकको टोलीसहित छिटो, छरितो रुपमा सेवा प्रदान गरि सेवाग्राहीको मन जित्न सफल भएको छ । नगरपालिका र सञ्चालक समितिको अग्रसरता र प्राविधिकहरुको सहयोगमा सेवाग्राहीलाई उच्चस्तरको सेवा प्रदान गर्न अस्पताल सक्षम भएको हो ।

१५ शैयाको अस्पतालमा दिनहुँ करिब ३ सयभन्दा बढि सेवाग्राही आउने गरेका छन् । प्रविधि मैत्री, अत्याधुनिक र गुणस्तरीय मेसिन, विशेषज्ञ सेवा, २४ घण्टे आकस्मिक सेवा र एम्बुलेन्स सेवा, रेडियोलोजी, एक्सरे, जनरल फिजिसिन, आँखा सेवा केन्द्र, थोरै शुल्कमा अधिकतम सुविधा अनि छिटो र छरितो सेवाले गर्दा सेवाग्राहीलाई सरल रुपमा उपचार गर्न सफल भएको सूचना अधिकारी टिका खड्काले बताउनुभयो । अन्य अस्पतालले सेवाग्राहीलाई सन्तुष्ट पार्न नसकेको स्वास्थ्य बीमाका सेवाग्राहीलाई समेत नगरपालिका र अस्पताल व्यवस्थापनको सहयोगमा स्वास्थ्य बीमा सेवालाई पनि चुस्त बनाएको छ ।

नेपाल मेडिकल शिक्षण अस्पताल जस्ता ठूला अस्पतालको उपथितीका वावजुद पनि अस्पतालमा मुटुरोग, स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नीलगायत विशेषज्ञ सेवा भएको र सेवा शुल्कसमेत न्यून भएकाले अन्य अस्पतालको तुलनामा यो अस्पताल सबैको रोजाई बन्ने गरेको स्थानीय सेवाग्राही श्रीचन केसी बताउनुहुन्छ । खासगरि निम्न आय भएका बिरामीको लागि भने यो अस्पताल बरदान भएको सेवाग्राहीहरु बताउँछन् ।

नगर अस्पतालले उपलब्ध गराएका सबै किसिमका सेवाबाट आफू सन्तुष्ट भएको स्थानिय सेवाग्राही जीना पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सेवा राम्रो छ, प्राविधिक जनशक्ति अलि कम भएको जस्तो लाग्छ । सरकारी अस्तापालमा यत्तिको सेवालाई राम्रो भन्नुपर्छ ।’
त्यस्तै अस्पतालले आँखा सेवा पनि शुरु गरेको छ । नेपाल दृष्टि विशेषज्ञ संघ र गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा गोकर्णेश्वर नगर अस्पतालमा यो सेवा प्रारम्भ भएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अन्तर्गत आधारभूत स्वास्थ्य सेवामा आँखा सेवालाई संलग्न गर्ने मूल मर्मलाई कार्यान्वयन गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगर अस्पताल संचालक समितिका अध्यक्ष जयराम महतले बताउनुभयो । उहाँले निम्न आय भएका ब्यक्ति बिरामी भएको खण्डमा अन्य अस्पताल जाँदा धेरै पैसा खर्च हुने बताउदै गोकर्णेश्वर नगर अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक कुमार रिसालले अस्पताललाई भौतिक पूर्वाधार सम्पन्न बनाई उच्च स्तरको सेवा प्रदान गर्न नगरपालिले पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रविधिमैत्री, सेवालाई चुस्त बनाउँदै लैजाने बताउनुभयो ।

नगरप्रमुख रिसालले अस्पतालको लागि २५ कारोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको बताउनुभयो । यसको लागि संघ सरकारले १८ कारोड ५० लाख विनियोजन गरी सकेको र नपुग रकम नगरपालिकाले व्यहोर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले १८ करोड ५० लाख विनियोजन गरेको र बाँकी नपुग रकम नगरपालिकाले व्यहोर्छ । अस्पतालको लागि ३० रोपनी भन्दा बढि क्षेत्रफलको जग्गा नगरपालिका र अन्य संघरसंस्थाको सहयोगमा प्राप्त भएकोछ ।’ भवन निर्माण गर्न डिपिआर भई ठेक्का लाग्ने अन्तिम प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले नगर अस्पतालले सेवाग्राहिलाई गोकर्ण क्षेत्रमा रहेका अन्य सुविधा सम्पन्न अस्पतालले भन्दा गुणस्तरीय र चुस्त सेवा प्रदान गर्दै आएको बताउनुभयो । अहिले भौतिक पूर्वाधारको कमी भएको र भवन निर्माणपछि त्यसको पनि अन्त हुने उहाँको भनाईछ । आवश्यक चिकित्सक तथा अत्याधुनिक उपकरणहरु थप गर्दै लैजाने छौं उहाँले भन्नुभयो, ‘हामीसँग स्रोत र साधनको कमी छैन । मानविय सेवालाई तिब्रता दिंदै अगाडि बढिरहेका छौं । गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा पालिकाले कुनै कसर बाँकी राखेको छैन ।’

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले सेवाग्राहीको कुनै गुनासो नआउनेगरि कार्य सम्पादन गर्दै आएको कुरा बताउनु भयो । गोकर्णेश्वर नगर अस्पताललाई सरकारी अस्पतालमध्येको नमुना अस्पताल बनाउन सफल भएको उहाँको दावी छ ।

अस्पतालका निमित्त प्रमुख डा. साङबो लामाले नगरपालिका, सञ्चालक समिति र सरोकारवाला सबैको सहयोगबाट नै अस्पतालले चुस्त सेवा प्रदान गर्न सफल भएको बताउनुभयो । प्रविधिको उच्चतम प्रयोगगर्दै सेवाग्राहिलाई सेवा चुस्त बनाउनु नै अस्पतालको प्राथमिकता भएको उहाँको भनाईछ ।

गोकर्णेश्वर नगरपालिकामा १५ शैया नगर अस्पतालसहित ११ वटा स्वाथ्य केन्द्र रहेको छ । ४ वटा स्वास्थ्य चौकी, ५ वटा शहरी स्वास्थ्य केन्द्र, १ वटा नागरिक आरोग्य केन्द्रलगायतले सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेकोछ । गोकर्णेश्वर नगरपालिकामा करिब १ लाख ५० हजार जनसंख्या रहेकामा लगभग ११ प्रतिशत मानिसले स्वास्थ्य बीमा गरि सेवा लिएका छन।

Tags: #government of NepalCorona Virus #Covid19Gokarneshor Nagar Hospital Kathmandu
SummarizeShare273ScanTweet149

Related articles

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा उपचारका लागि बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ३४ हजार ५ सय ८७ रुपैयाँ सहयोग प्रदान...

प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने

by Nam Raj Bhatta
September 3, 2026
0

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू नहुने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै रसुवा जिल्लाको भोटेकोशी नदीमा गत...

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

औषधि व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल औषधि व्यवसायी एवं उद्यमी प्रभुराज वैद्यले  भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख रुपैयाँ सहयोग गरेका छन्। यति केम डिस्ट्रीब्युटर्सका कार्यकारी निर्देशक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग
  • बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.