धनगढी, १४ साउन २०७९
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले निर्माणाधीन गेटा मेडिकल कलेजको अनुगमन गरेका छन्।
बिहीवार मुख्यमन्त्री, मन्त्री, अस्पताल निर्देशक डा. प्रमोद जोशी लगायतको टिमले मेडिकल कलेजको अनुगमन गरेको हो।
अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक रहेको र कलेजको भित्री संरचना विद्युत, खानेपानी, ढल निकास चाडै तयार गर्न पनि त्यहाँ उपस्थित इन्जिनियलाई निर्देशन दिएको अस्पतालका निर्देशक डा. जोशीले बताए।
Comments 1