काठमाडौं, ८ साउन २०७९
कैलालीमा रहेको गेटा मेडिकल कलेज र कोभिड -१९ यूनिफाईड केन्द्रीय अस्पताल (वीर अस्पताल) बिच आईतबार दुई पक्षिय सम्झौता भएको छ।
गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डा. प्रमोद जोशी र कोभिड १९ यूनिफाइड अस्पताल, वीर अस्पतालका प्रमुख प्रशासकिय अधिकारी प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
दक्ष जनशक्ति र विशेषज्ञ चिकित्सकिय सेवा प्रवाहका लागि आवश्यक प्रविधिको आदान-प्रदान गर्ने सम्झौता भएको मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशीले बताए।
गेटा मेडिकल कलेजको स्थल भ्रमण गरेर आएका उच्च पदाधिकारीहरुले भवन निर्माणको कार्य ९० प्रतिशत कार्य पूरा भए पनि बिजुली, खानेपानी र ढलको व्यवस्था नभएका कारण समस्या भएको औल्याउनु भएको छ। गेटामा मेडिकल कलेज र अस्पताल सञ्चालनको प्रक्रियाले गति लिएको पनि बताएका छन्।
द्धिपक्षिय समझदारीमा दुई अस्पताल बीच विशेषज्ञ जनशक्तिको आदान प्रदान गर्ने उल्लेख छ। त्यसैगरी विशेषज्ञ चिकित्सकिय सेवा प्रवाहको लागि आवश्यक प्राविधिक सहयोगको आदान प्रदान गर्दै अन्य विषयमा आपसी छलफल तथा समझदारीमा उपचारात्मक सेवाहरुको आदान प्रदान गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ।