धनगढी, ९ असार २०७९
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको छ।
डा. जोशीलाई मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको हो । जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामो समय सम्म काम गरेका थिए ।
सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा संञ्चालन गर्ने सरकारको तयारी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोशीलाई बिहीबार सरुवा पत्र दिन लागेको छ । ट्रमा सेन्टरमा पनि जोशीले धेरै सुधारको काम गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामै उनको गेटा सरुवा हुन लागेको हो ।