कैलाली, ३० असोज २०८०
कैलालीस्थित गेटा अस्पतालमा कार्तिक १ गते बुधबार देखि ओपिडी सेवा संचालमा आउने भएको छ।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै भोलीदेखि अस्पतालमा विभिन्न ८ रोगको ओपिडी सेवा प्रदान गर्ने जनाएको हो।
अस्पतालमा जनरल मेडिसिन ओपिडी, जनरल सर्जरी ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, अल्ट्रासाउण्ड सेवा, एक्स-रे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा उपलब्ध हुनेछन्।
यसैगरी अस्पतालले २०८१ को बैशाख भित्र के के सेवा थप गर्ने भनि समय तालिका समेत प्रस्तुत गरेको छ। कार्यक्रममा अस्पतालका मेदिकाल डाइरेक्टर डा. प्रमोद जोशीले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा बिस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा बिस्तार गर्ने योजना प्रस्तुत गरे।
अस्पतालमा निर्देशक सहित चिकित्सक तथा स्वास्थ्यकर्मी गरी २६ जना कर्मचारी हाजिर भइसकेका छन् भने न्यूनतम सेवा सञ्चालनका लागि मेडिकल सामाग्रीहरु आइपुगेका छन्।