काठमाडौं, २५ भाद्र २०७९
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा. पुष्पमणि खराल निर्वाचित भएका छन्।
शनिबार नेपाल मेडिकल एसोसिएसनको कार्यालयमा भएको निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका डा. भोलाराम श्रेष्ठलाई १५ मतले पराजित गरेर नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा डा. खराल निर्वाचन भएका हुन्। कुल ९१ मत खसेकोमा डा. खरालले ५३ र डा. श्रेष्ठले ३८ मत प्राप्त गरेका थिए।
अध्यक्षसहित १४ सदस्य कार्यसमितिमा अन्य सबै पदमा भने यस अघि नै निर्विरोध भएका छन्।
संघको वरिष्ठ उपाध्यक्षमा डा. सञ्जिब तिवारी, उपाध्यक्षमा डा. सर्वेश शर्मा, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. सुरेश नेपाल, सहसचिवमा डा. विकास गौचन र सहकोषाध्यक्षमा डा. रोहिन्द्र पाण्डे निर्विरोध भएका छन्।
यस्तैगरी सदस्यहरुमा डा. आरती शाह, डा. विनोद दंगाल, डा. सञ्जयकुमार गुप्ता, डा. सन्तोष बास्तोला, डा. तिर्थमान श्रेष्ठ र डा. त्रिभुवनचन्द्र झा निर्विरोध भएका छन्।