कैलाली, २९ साउन २०७७
हाल विश्वब्यापी रुपमा फैलिएको कोभिड -१९ को संक्रमण नेपालमा तिब्र रुपमा फैलिदै गएको र सो महामारी रोकथाम नियन्त्रण तथा ब्यबस्थापानको लागि श्रावण २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी सबैको कोरोनाको नमुना परीक्षण गरि काममा लगाउने , स्वास्थ्य कर्मी हरुलाई कोरोनाको संक्रमण हुनबाट बचाउने र संक्रमित स्वास्थ्यकर्मी हरुबाट पनि अन्य उपचार गर्न आउने र सम्पर्कमा आउने व्यक्तिहरुलाई संक्रमण सर्न सक्ने सम्भावना रहेको थियो ।
उक्त संक्रमण रोक्नको लागि फ्रन्टलाइनमा काम गर्ने सबै चिकित्सक लगायत स्वास्थ्यकर्मीको परीक्षण गर्ने भनि पत्राचार भएको थियो भने सुदूरपश्चिम प्रदेश सरकारले भने सो भन्दा एक कदम अगाडी अस्पताल का स्वास्थ्यकर्मीको मात्र नभई प्राथमिक स्वास्थ्य केन्द्र , स्वास्थ्य चौकी , आधारभुत स्वास्थ्य सेवा केन्द्र , नगर स्वास्थ्य केन्द्र , सामुदायिक स्वास्थ्य केन्द्र , तथा बर्थिंग सेन्टर मा कार्यरत सबै स्वास्थ्य कर्मी र सहयोगी कर्मचारी एबम समुदाय मा स्वास्थ्य सेवा दिने महिला स्वास्थ्य स्वयम सेविका र क्वारेन्टाइन मा काम गर्ने जनप्रतिनिधि तथा अन्य सहयोगी कर्मचारीहरु सबैको नमुना परीक्षण गर्ने गरि सबै स्वास्थ्य कार्यालयहरु सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
यसरि कोरोनाको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मीहरुमा रोगको संक्रमण दर पत्ता लाग्ने, अन्य लाई रोग सर्न बाट बचाउन सकिने र रोकथाम का लागि पनि थप प्रभावकारी उपाय अपनाउन सकिने कुरा समेत स्वास्थ्य निर्देशक डा. गुण राज अवस्थीले बताउनु भएको छ ।