काठमाडौं, ३० जेठ २०८०
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा बाँसबारी स्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुनु भएको छ।
चिकित्सकहरुको सल्लाह अनुसार राष्ट्रपति पौडेललाई २४ घण्टा सम्म अवलोकनमा राखी भोलि सम्म डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ। हाल राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको छ।