काठमाडौं, ६ मंसिर २०७९
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फराकिलो मतान्तरले जितेका छन्। नेकपा एमालेका राजन भट्टराईलाई थापाले ७ हजार ४५६ मतले जितेका हुन्।
थापाले २१ हजार २ सय ९३ मत पाएका छन्। प्रतिष्पर्धी भट्टराईले १३ हजार ८ सय ३७ मत पाएका छन्।
महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गरेका थिए। नेकपा एमालेको प्रभाव क्षेत्रमा समेत उनले आफ्नो अग्रता कायम गरेका छन्। गणना बुढानीलकण्ठको १ नम्बर वडाबाट सुरु भएको थियो। जुन एमालेको पकड क्षेत्र मानिन्छ। उक्त वडामा पछि पर्ने थापाको आंकलन थियो।
स्थानीय तहको निर्वाचनमा एमाले वडाध्यक्षले कांग्रेससँग दोब्बर मतान्तरले जितेको भएपनि थापाले झिनो अग्रता कायम गरे। खसेको १५११ मतमा थापाले ६६७ मत पाउँदा भट्टराईले ६३३ मत पाए।
बुढानीलकण्ठ–२ २७०५ मतम खसेको थियो। थापाले १३५८ र भट्टराईले ९४७ मत ल्याए। यो पनि स्थानीय तहमा एमालेले जितेको वडा हो।
बुढानीलकण्ठ–८ मा थापाले ३३५५ खस्दा थापाले १४६४ ल्याए। भट्टराईको ११३१ मत रह्यो। यो पनि एमालेको प्रभावशाली वडा हो।
बुढानीलकण्ठकै वडा नम्बर ९ थापाले १२३६ मत ल्याए भने भट्टराईको जम्मा ७७६ मत आयो। वडा नम्बर १० मा थापाले २२४८ मत ल्याए भने भट्टराईले १९३१ मत ल्याए।