काठमाडौं, २६ कात्तिक २०७९
✍️ लक्ष्मी देवकोटा
सरकारले पोलियोविरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) लगाउने तालिका परिवर्तन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो।
मन्त्रालयले निर्णय गर्नु अघि विश्व स्वास्थ्य संगठनले नयाँ सुझाव र गत ३० भदौमा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसलाई आधार मानेको छ।
नयाँ तालिका अनुसार अब एक वर्ष भित्रका बालबालिकाहरुलाई १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा खोप दिईनेछ। यस्तै छुट भएमा ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ४ महिना (१६ हप्ताको फरकमा) दुई मात्रा दिईनेछ।
यसअघि एक वर्ष भित्रका बालबालिकाहरुलाई दिईने एचआईपीभी खोप एक वर्ष भित्रका बालबालिकाहरुका लागि ६ हप्ता र १४ हप्ता गरी दुई पटक दिईने गरिन्थ्यो। छुटेका बालबालिकाहरुलाई पाँच वर्ष भित्र ८ हप्ताको फरकमा दुई पटक दिने गरेको थियो।