दाङ, १९ फागुन २०७९
नेपाल विद्यार्थी संघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाइले युथ अफ तुलसीपुरको सहयोगमा विद्यापीठको महिला शौचालयमा सेनिटरी प्याड बक्स् स्थापना गरेको छ।
युथ अफ तुलसीपुरका अध्यक्ष ऋषिराज (अरुण) लहरे ज्यूको प्रमुख सहकार्यमा भएको यस कार्यक्रमको सभापतित्व नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठका ईकाइ सभापति बसन्त अधिकारीले गर्नुभएको थियो। यस कार्यक्रमको प्रमुख अथिति प्राचार्य डा. मंगलाकान्त झा, अथिति डा. लक्ष्मेश्वर मण्डल, डा. प्रतिक्षा मजगैँया, डा. सन्तोश खनाल र युथ अफ तुलसीपुरका अध्यक्ष ऋषिराज (अरुण) लहरे हुनुहुन्थ्यो।
कार्यक्रमको उदघोषण ईकाइ सचिव प्रदिप दाहालले गर्नुभएको थियो भने कार्यक्रमको उद्घाटन डा. प्रतिक्षा मजगैँयाले गर्नुभएको थियो। युथ अफ तुलसीपुरका अध्यक्ष ऋषिराज (अरुण) लहरेले नेपाल विद्यार्थी संघ क्याम्पस ईकाइ समितिलाई यस्तो संवेदनशील कुराको सुरुवात गरेकोमा शुभकामना तथा कार्यक्रम सु-सम्पन्न भएकोमा बधाई दिनुभयो।
डा. प्रतिक्षा मजगैँयाले नेपाल विद्यार्थी संघले गरेको कार्यक्रमले महिलाहरुलाई विशेष प्राथमिकता दिएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता सरहनीय कार्यप्रति आभार व्यक्त गर्नुभएको छ।
डा. लक्ष्मेश्वर मण्डलले पनि थप्दै यस कार्यले छात्राहरुमा हुने समस्याको निराकरण गर्न नेविसंघले महत्वपुर्ण भूमिका खेलेको कुरालाई उद्दृत गर्नुभयो।
डा. सन्तोष खनालले पनि आफ्नो मन्तव्यमा नेविसंघले सधैँ राम्रा राम्रा कार्य गर्दै आएको र आगामी दिनमा अन्य संगठनले पनि यस्ता कार्य सिक्न अनुरोध गर्नुभयो।
कार्यक्रमका प्रमुख अथिति डा. मंगलाकान्त झाले नेविसंघ र युथ अफ तुलसीपुरलाई क्याम्पस परिसरमा यस्तो कार्यक्रम गरेकोमा विशेष धन्यवाद व्यक्त गर्नुभयो।
अन्तमा नेविसंघ ईकाइ सभापति बसन्त अधिकारीले नेविसंघले सधैँ विद्यार्थीको हकहीतमा उभिदै आएको र विद्यार्थीमैत्री क्रियाकलाप गर्दै आएको र अब पनि यस्ता थुप्रै कार्यक्रमहरु गर्दै अगाडी बढ्ने कुराको आश्वासन दिँदै कार्यक्रमको समापन गर्नुभयो।