✍️ दुर्गा सेढाईं
काठमाडौं, १८ जेठ २०७९
सरकारले मिर्गौला रोगीको नि:शुल्क प्रत्यारोपणको व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० को बजे प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दश शर्माले सदनमा बजेट प्रस्तुत गर्दै मिर्गौला रोगीको नि:शुल्क प्रत्यारोपणको व्यवस्था गरिएको बताएका छन् । यसले गरिब तथा विपन्न मिर्गौला रोगी पीडितलाई ठूलो राहत मिल्ने देखिने बताए।
सरकारले विपन्नलाई नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरेको हो । सबै प्रादेशिक अस्पतालमा मिर्गौला डायलासिस सेवा दिइने र त्यसका लागि डाइलासिस मेसिन खरिद गरिने बजेटमा उल्लेख छ ।
अर्थमन्त्री शर्माले बजेट भाषणमार्फत ४० वर्ष माथिका नागरिकका लागि स्थानीय तह मार्फत नि:शुल्क स्क्रिनिङ सेवा दिइने बताएका छन् ।
त्यस्तैगरी सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको हो ।