बाजुरा, १२ कार्तिक २०८०
सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा कार्तिक महिनाको १९, २० र २१ गते र हिमाल गाउँपालिकामा कार्तिक २२, २३ र २४ गते बृहत नि-शुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ।
सामाजिक संस्था नेपालको साथीहरुको प्रमुख आयोजनामा हुन लागेको उक्त शिविरमा स्वयम्भु स्थित मनमोहन मेमोरिअल अस्पतालका बरिष्ठ स्वास्थ्यकर्मीहरु डा. मुजः श्रेष्ठ (सर्जरी ), डा. मनोर दिन सैयद (स्त्री तथा प्रसुती ), डा. उजोन शाक्य (हाड जोर्नी तथा नशा ), डा. राजेन्द्र ढुंगाना (सामान्य चिकित्सा ), शशी घर्ति (नर्सिङ) रंजित गिरी र बिजिता मगर (फार्मेसी) लगायतको टोलि रहने अस्पतालले जनाएको छ ।
नेपालको साथीहरु संस्थाका महासचिब निमा नरु शेर्पाले संस्थाले देशका विभिन्न बिकट ठाउहरुमा नि-शुल्क स्वास्थ्य शिविर र अन्य सामाजिक कार्यहरु गर्दै आइरहेकोमा मनमोहन अस्पताल स्वयम्भुले प्राबिधिक सहकार्य गर्ने बताउनुभयो ।
झन्डै १ हप्ता चल्ने उक्त शिविरबाट लाभान्वित हुन समाजसेवी चिकित्सक डा. सैयदले पालिकाबासीहरुलाई हार्दिक आव्हान गर्नुभएको छ ।