पोखरा ,०१ चैत्र २०७७
स्टार डेन्टल क्लिनिकले पोखराको मानव सेवा आश्रम हेम्जाका ४० जना वृद्दावृदीको दाँत तथा निशुल्क स्वास्थ्य उपचार गरेको छ।
निशुल्क स्वास्थ्य शिविरमा डेन्टल सर्जन डा. लालमणि सुबेदी र सिएमए आशिष आचार्यले चेकजाँच गर्नु भएको थियो।
शिविरमा ५० जनालाई ब्रस र १ सय जनालाई मास्क बितरण , दाँत सम्बन्धि औषधि तथा भिटामिन पनि गरेको क्लिनिकका निर्देशक डा. सुबेदीले बताउनुभएको छ।
यो निशुल्क स्वास्थ्य शिविरबाट निकै नै लाभ भएको र आगामी दिनमा पनि यो निरन्तर रूपमा चलिरहोस् भनि मानव आश्रममा बस्ने बृदाबृदीको आशय रहेको छ।