चितवन, २२ साउन २०७९
समाज सेवाको पवित्र उद्देश्य लिएर विभिन्न कार्य, क्षेत्र तथा पेसामा आवद्ध ब्यक्तिहरुको सामुहिक प्रयासबाट “समाजका लागि महिनाको एक दिन” भन्ने अभियान लिएर स्थापना भएको सारथीले भरतपुरमा कालिका नगर वडा न: ५ मा “क्यान्सर, बाल रोग तथा बालबालिका वृद्धि बिकास र मुख स्वास्थ अभिमुखिकरण तथा निशुल्क दन्त स्वास्थ शिविर” मार्फत सामाजिक कार्यको थालनी गरेका छ।
एपोलो डेन्टल क्लिनिक, चौबिस कोठीको प्राबिधिक एवं आर्थिक सहयोगमा भएको उक्त कार्यक्रमको स्थानीय संयोजन कालिका-५ स्थित नमुना आमा समूह र कालिका नगरपालिका वडा न-५ को बडा कार्यालयले गरेको थियोे । उक्त कार्यक्रम नमुना आमा समुहको अध्यक्ष श्रीमती सीता दाहालको अध्यक्षतामा र कालिका नगरपालिकाको नगरप्रमुख बिनोद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा कालिका नगरपालिका वडा नं ५ का बडा अध्यक्ष श्री दिपक बहादुर भट्टराई, सारथी समुहका सदस्यहरु डा. बासुराज पाण्डे, डा. किशोर उप्रेती, डा. जीवन क्षेत्री, बुध्दिनाथ अधिकारी, निलकण्ठ रिजाल, रमेश शर्मा पौडेल लगाएत समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बिशेषज्ञ डा. जीवन क्षेत्रीले क्यान्सर रोग सम्बन्धि, बरिष्ठ बाल रोग बिशेषज्ञ डा. किशोर उप्रेतीले बाल रोग तथा बालबालिका वृद्धि बिकास सम्बन्धि र बरिस्ठ अर्थोडेन्टिस डा. बासुराज पाण्डेले मुख स्वास्थ तथा दन्तरोग सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
स्वास्थ्य शिविरमा करिब १५० जनालाई निशुल्क दन्त परिक्षण र औषधि बितरण गरिएको थियो ।